Wednesday, May 11, 2016

एसएलसी को नतिजा नराम्रो आयो भन्दैमा के "आत्महत्या" गर्नु यसको समाधान हो ???

not a solution

अह !!! SLC मा फेल हुदैमा आत्महत्या गर्नु भनेको एकदमै ठुलो मुर्खता हो। हामी सबैलाई थाहा छ; "असफल हुनु नै सफलता को लक्ष्यण हो", असफल नै भएन भने कसरी सफल हुने ? केही कुरा सिक्न गल्ति गर्नै पर्छ। यदि बिद्यार्थी हरु फेल भईहाल्यो  भने पनि, उनीहरुमा आत्मविश्वास भने कायम नै हुनुपर्छ, बिगत लाई बिर्सेर अगाडी बढ्न को लागि नया जोश र जगार हुनै पर्छ।  नेपालको कुरा गर्ने हो भने, यहाँ आफ्नो परिवारले पनि येस्तो अवस्थामा साथ  दिदैनन्। आफ्नो छोरा,छोरी फेल  भयो भनेर उल्टो गालि गर्छन जब कि त्येस्बेला उनी हरु लाई हौसला दिनु पर्ने। परिवार मा अनेक कुरा गर्न थाल्छन; फलना को छोरा/छोरी को Distinction आयो रे !!! आफ्नो छोरा, छोरी  भने हेर फेल भयेछ । एस्तो कारण ले गर्दा बिद्यार्थी मा एक किसिम को मानसिक तनाब हुन्छ उनी हरु आत्महत्या गर्न बाध्य हुन्छन ।
अब उदाहरण को लागि हेरौ , हरिबंश आचार्य ; एक निकै चर्चित अभिनेता जो SLC मा पास भएनन्, त्येही पनि हरिबंश धेरै नेपालीहरुको मनमा हुनुहुन्छ।
तर, डाक्टर बाबुराम भट्टराई लाई हेरौ ; उनी SLC को बोर्ड प्रथम थिए उनी राजनीति मा भएकोकारण ले गर्दा उनलाई मन पराउने र मन नपराउने मान्छे छन्  । म मान्छु, हरेक अभिभाबकको आ-आफ्नो सपना हुन्छ; आफ्नो छोरा / छोरी लाई ठुलो मान्छे बनाउने। तर, त्येही छोरा , छोरी SLC  मा फेल भयो भने, त्येही अभिभाबक को जिम्मेवार हुन्छ आफ्नो छोरा, छोरी लाई हौसला दिने । आत्महत्या गर्ने बिद्यार्थी हरु ले पहिला आफ्नो परिवार को बारे सोच्नु पर्छ, परिवार को माया ले गर्दा नै अहिले किशोर , किशोरी भएको छ।
SLC परीक्षाले मात्र भविष्य को निर्णय गर्न सक्दैन। SLC मा Distinction  ल्याएर पास हुनेहरु पछि गएर सफल नहोला बरु SLC मा फेल भएको बिद्यार्थी हरु भविष्यमा गएर एक सफल मानिस बन्न सक्छन । SLC परीक्षा नराम्रो भएर क भयो त ??? SLC जस्तो कयौ परीक्षाहरु अझै आउनै बाकी छ ।
यमबुद्ध कोसाथी” नामक गीत मा पनि भनेको , "जित्नु भन्दा ठुलो कुरो हिम्मत नहार्नु हो" … “असफल हुनु भनेको अस्थायी हो, हिम्मत हार्नु चाही स्थायी हो”
फेलहुने सबैको अभिभाबकसंग मा के आग्रह गर्छु भने, कृपया आफ्नो छोरा, छोरी SLC  मा फेल भयो भन्दैमा उनीहरुलाई अनावस्यक मानसिक तनाब नदिनुस्  । उल्टो उनीहरुको आत्मविश्वास वृद्धि गर्न सहयोग गर्नुस  ।
यो घाम छाया भएको जीवन हासी खुसि रमाएर बाचौ !!! 
Note: This article was published online at www.edukhabar.com on 19th June, 2015.